Comments Add Comment

तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्वाचन आयोगको निर्देशन

१२ असार, काठमाडौं । निर्वाचन आयोगले गाउँ तथा नगरसभाको निर्वाचन भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

साथै जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउनस्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

जिल्लासभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बस्न सकेको थिएन । यसले जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन सकेको छैन ।

संविधानको धारा २२० को उपधारा -३) मा जिल्लासभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था छ ।

यसका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्नेछ । साथै गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको बैठक बस्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment