Comments Add Comment

जहाँ हाटबजारमा बिक्री हुन्छन् बेहुला

भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच नै हुँदोरहेछ ।

छिमेकी देश भारतको बिहारमा बेहुलाको हाटबजार लाग्दछ । सागपात, फलफूल, तरकारी आदिको हाटबजार लागेको त सुनिएकै हो । तर बेहुलाको हाटबजार लागेको कुरा चाहीँ सायद दुनियामै पहिलो हुनसक्दछ ।

बिहारको मधुवनी जिल्लामा बेहुला मण्डी लाग्दछ । २२ बिघा जमिनमा ९ दिनसम्म लगातार बेहुलाको मेला लाग्दछ । बेहुलाको हाटबजारलाई सौराठ सभा भनिन्छ । मानिसहरु यसलाई सभागाछी पनि भन्छन् ।

मैथली ब्राम्हणहरुको उक्त मेलामा देश विदेशबाट कन्याहरुका पिताहरु ऋाफ्नो योग्य ज्वाइँ खोज्न आउँदछन् र आफुसँगै लिएर जान्छन् । त्यहाँ योग्यता अनुसारको बेहुलाको लागि मोलमोलाई पनि हुन्छ ।

नौ दिने उक्त मेलामा पंजिकाधिकारीको ठूलो हात रहन्छ । हाटबजारबाट तन्नेरीलाई हुनेवाला बेहुलाको रुपमा छानेसँगै केटा र केटी पक्षको सात पुस्तासम्मको सम्बन्ध हेर्ने काम गर्छन् पंजिकाधिकारीले । यदि ७ पुस्तासम्म पनि कुनै नाता सम्बन्ध नदेखिएमा मात्र बिहे सम्भव हुन्छ, अन्यथा बिहे हुँदैन ।

जानकारका अनुसार ७ सय वर्षदेखि बेहुलाको हाट बजारको उक्त परम्परा चलिआएको छ । सन् १९७१ म्ा भएको मेलामा डेढ लाख मानिसले सहभागिता जनाएका थिए, यद्यपि अहिले उक्त मेलामा आउने मानिसको संख्या घटेको छ ।

दाइजो प्रथा रोक्नका लागि राजा हरिसिंहदेवले उक्त परम्परा सुरु गरेको बताइन्छ ।

यो पटक २५ जूनमा सुरु भएको बेहुला हाटबजार आगामी ३ जुलाईसम्म रहनेछ । यसमा भारत सँगै नेपालका मानिसहरु पनि हाटबजारमा योग्य वर खोज्न आउने भारतीय मिडियाहरुले जनाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment