Comments Add Comment

लागू अाैषधसहित एक पक्राउ

१३ असार, काठमाडौं । नागढुङगा चेकपोष्टबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

चेकिङको क्रममा सर्लाहीका मनोज साह भनिने २८ वर्षे दुर्गबहादुर खुलाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बारा जिल्लाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बसमा लागु औषध ल्याएर आउँदै गरेका उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको नागढुङ्गा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए

उनको साथबाट झोलामा लुकाइ राखेको अवस्थामा ४०० एम्पुल डाइजेल्याव, ४०० एम्पुल नुफिर्न र ४०१ एम्पुल फेनार्गन गरी जम्मा १२०१ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक घर्ती मगरले बताए ।

पक्राउ परेका दुर्गबहादुरबारे म्याद थप गरेर अनुसन्धान सुरू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment