Comments Add Comment

राजदूत शेर्पाद्वारा अष्ट्रेलियाका गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र पेश


२७ जुन, क्यानवेरा ।  अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदूत लक्की शेर्पाद्वारा अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष मंगलवार यहाँ आयोजित एक औपचारिक कार्यक्रमवीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरिएको छ ।

क्यानवेराको यारालुम्ला स्थित गभर्मेन्ट हाउसमा आयोजित एक औपचारिक समारोहका बीच राजदूत शेर्पाले गभर्नर जनरल कोस्ग्रोव समक्ष ओहोदाको प्रामाणपत्रको सक्कल पेश गरी पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।

राजदूत शेर्पा कार्यक्रममा नेपाली शेर्पा पाेसाकमै उपस्थित भएकी थिइन ।

उक्त समारोहमा गभर्नर जनरल कोस्ग्रोवकी धर्म पत्नि लेडी कोस्ग्रोवको पनि उपस्थिति थियो ।

मंगलबार भएको द्विपक्षीय भेटका क्रममा गभर्नर जनरल कोस्ग्रोवद्वारा राजदूत शेर्पाको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो भने राजदूत शेर्पाद्वारा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गभर्नर जेनरललाई पठाइएको शुभकामना सन्देश सुनाइएको थियो ।

अष्ट्रेलियाको कुट्नैतिक प्रावधान अनुरुप यहाको कार्यकारी प्रमुखका हैसियतले गभर्नर जनरल समक्ष ओहोदाको प्रमाण पत्र पेश गर्नु पर्ने प्रचलन छ ।

यससंगै शेर्पाले मंगलबारदेखि अस्ट्रेलियाका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाल्ने छिन् ।

बिगत एक वर्ष भन्दा लामो समय देखि राजदूत बिहिन भएको दूतावासले नयाँ नेतृत्व पाएसंगै आगामी कार्ययोजनाले पनि तीव्रता पाउने छ ।

मूलखर्क-५ संखुुवासभा निवासी शेर्पालाई गत ४ जेठ गते नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियूक्त गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment