Comments Add Comment

पल र पूजाको प्रेममा ‘हथकडी’


नायक पल शाह र नायिका पूजा शर्माको हातमा ‘हथकडी’ देखिएको छ । दुबै जना हातमा हथकडी लगाएको अवस्थामा देखिएपछि असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को कथावस्तुलाई लिएर अझै कौतुहलता बढेको छ ।

निर्माणपक्षले सार्वजनिक गरेको ट्रेलर र गीतमा यस्तो दृश्य देखिएको थिएन । तर, सार्वजनिक चलचित्रको पोष्टरमा भने पल र पूजाको प्रेममा हथकडी लगाइएको छ । सुदर्शन थापाले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्र ‘मेरो एउटा साथी छ’देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा अब्बल देखिएका छन् । उनै, सुदर्शनले भने-‘चलचित्रको कथा अगाडि बढ्दै जाँदा पल र पूजाको हातमा हथकडी लगाइएको दर्शकले देख्नुहुनेछ । यसैका लागि पोष्टर पनि सोही अनुसार तयार पारिएको हो ।

साथै, अन्य केही पोष्टरमा पल र पूजा प्रेममा रमाएका छन् । पूर्ण रुपमा लभ स्टोरी यो चलचित्रको संगीतले अहिले बजारमा राम्रो उचाई पाइरहेको छ । ‘भन्छु आजदेखि किन आजकल’सम्मका गीतले खुबै राम्रो प्रशंसा बटुलिरहेका छन् । अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका छन् ।

पल र पूजाको जोडीको चर्चा, सुदर्शनको लभ स्टोरी मेकिङमा एक प्रकारको ब्रान्ड र संगीतका कारण ‘म यस्तो गीत गाउँछु’ चल्ने धेरैको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment