Comments Add Comment

गुल्मीमा चट्याङ्ग लागेर २ जनाको मृत्यु


१३ असार, गुल्मी । गुल्मीमा चट्याङ्ग लागेर २ जनाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङ्ग लागेर धुर्कोट गाउँपालिका वडा नं. ६ स्थित ११ बर्षीय कमल थापाको मृत्यु भएको छ ।

चट्याङ्गबाट जिल्लाको मालिका गाउँपालिका वडा नं. ५ स्थित २७ बर्षीय प्रदिप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

चट्याङ्ग लागेर एक जना घाइते भएका छन् । मालिका गाउँपालिका वडा नं. ५ निवासी २० वषिर्य बिना भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते भण्डारीको थप उपचारको लागी पाल्पा पठाइएको छ । मृत्यु हुने २ जनालाई घरमै बसेको बेला चट्याङ्ग लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment