Comments Add Comment

पहिरो गएपछि मतदाता अलपत्र


१३ असार ताप्लेजुङ । ताप्लेजुङको उत्तरदक्षिण ओलाङचुङगोला लोकमार्गको लिङखिम स्थित सिस्नेखोला भिरमा पहिरो गएपछि भोट हाल्न गएका मतदाताहरु अलपत्र परेका छन् ।

फक्ताङलुङ् गाउँपालिका ३ मा गएरातिको अविरल वर्षासंगै खसेको पहिरोका कारण उक्त बाटो हुदै मतदान गर्न हिँडेका एक सय भन्दा बढी मतदाता अलपत्र परेको प्रहरीले बताएको छ ।

पहिरोका कारण सो सडक खण्डको करिव १० मिटर बाटो भत्किएको छ । जसका कारण बिहानै सो क्षेत्रमा छुटेका एक दर्जन भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।

सडकको सम्पूर्ण भाग पहिरोले बगाएका कारण बाटो खुलाउन समय लाग्ने स्थानीय केशब आचार्यले बताए ।

यसैवीच पहिरोका कारण मतदाताहरु हिँडेर जानु पर्ने भएकाले सो गाउँपालिकाको माथिल्लो भेगका लेलेप, तापेथोक लगायतका ठाउँमा पूगेर मतपत्र लिन नपाउने भएका छन् ।

परिचयपत्र नपाउनेहरुले फोटो सहितको सरकारी प्रमाणपत्र लिएर गए भोट खसाल्न पाउने जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीले बताए ।

सो सडक खण्ड हुँदै लेलेप, तापेथोक इखाबु, लिङखिम, सावदेन, खेजेनिम लगायतका गाउँमा आफ्नो मत खसाल्न हिँडेका थिए । अहिले ताप्लेजुङको विभिन्न मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment