Comments Add Comment

कोरियन बैंकले आर्थिक प्रक्षेपण प्रणाली सुधारमा नेपाललाई सहयोग गर्ने


१३ असार, काठमाडौं । कोरियन बैंक (बैंक अफ कोरिया/बिओके) ले आर्थिक प्रक्षेपण प्रणाली, आर्थिक अनुसन्धान ढाँचा, मुद्रा व्यवस्थापन, भुक्तानी तथा राफसाफ प्रणाली कार्यानवयन, सुपरिवेक्षण तथा नियमन प्रणाली सुधारमा राष्ट्र बैंकलाई प्राविधिक सहयोग गर्ने भएको छ ।
मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बिओके र राष्ट्र बैंकबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

‘हामीले हालै पनि आर्थिक प्रक्षेपणसम्बन्धि ढाँचा बिकास गरेका छौं, यद्यपी यहाँ (नेपालमा) केही क्षेत्रमा भरपर्दो तथ्यांकको कमी छ, यसैबीच पनि बिओकेले हामीलाई भएकै तथ्यांकबाट थप विश्वसनीय र आधुनिक प्रक्षेपण प्रणाली अवलम्बन गर्न सहयोग गर्नेछ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।

बिओकेका उप महानिर्देशक चुङ सो वङले यो सम्झौता अनुसार योन्जे युनिभर्सिटी सहितको कोरियन पार्टनरसीप प्रोग्रामका टोलीले यस्तो अध्ययन गरेर केही महिनामा राष्ट्र बैंकलाई प्रतिवेदन पेश गर्ने जानकारी दिए । यो प्रतिवेदन नेपालमा नै बुझाइने छ । वङले नेपाली अर्थतन्त्रको आयाम अध्ययन गर्न आफुहरु उत्साहित रहेको बताए ।

नेपाल र कोरियाबीच सन् १९६९ यता कुटनितीज्ञ सम्बन्ध रहदै आएको छ । यद्यपी कोरियासँगको नेपालको व्यापार घाटा ४ करोड ५३ लाख डलर बराबर रहेको छ । नेपालबाट कोरिया तर्फ ८ लाख डलर बराबरको निर्यात हुने गरेको छ भने कोरियाबाट नेपालमा ४ करोड ६० लाख डलर बराबरको आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment