Comments Add Comment

गजल: अब वर्षौंसम्म सूचना कैद हुन्छन्

जसरी मन्दिरहरुमा प्रार्थना कैद हुन्छन्
चाहना नहुँदा पनि चाहना कैद हुन्छन् ।

जवानहरु मरुभूमिमा जिन्दगी खोज्छन्,
र त यी जमिनका सम्भावना कैद हुन्छन् ।

पत्र ल्याउने हुलाकी नै बेपत्ता भयो,
अब वर्षौंसम्म सूचना कैद हुन्छन् ।

तस्बिर हेरेको तारिफ गरेको सजाय हुँदैन,
हुने भए बस्तीका सबै जना कैद हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment