Comments Add Comment

अन्तर्राष्ट्रिय विमानस्थल सफाइ टिम नेपाल पुग्यो

२७ जुन, सिड्नी । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समिति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणवीच भएको सहमति अनुसार नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सफाई गर्ने टोलिलार्इ सोमबार सिड्नीबाट बिदाई गरिएको छ ।

सिड्नीमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले यो टिमले नेपालमा सरसफाईको आधुनिक तरिका सिकाउने र गैरआवासीय नेपालीहरुको कर्तब्य पूरा गर्ने विश्वास व्यक्त गरे । सोही कार्यक्रममा पूर्व अध्यक्ष गणेश के.सी. ले पनि एक महिने यो अभियाको सफलताको कामना गरे ।

यस अघि चितवन को सरसफाईको लागि सहयोग गरेका कोषाध्यक्ष डिला खरेलले आफूपनि सरसफाई अभियानमा सहभागी हुन पाएकोमा धन्यबाद दिदै आफ्नो सहभागिता जारी रहने बताइन ।

कार्यक्रममा डा. भरत पौडेल, डा ज्ञानेन्ऽ रेग्मी, धनु सुनार, धर्मराज अधिकारी, हेमन्त काफ्ले, भुपाल सिटौला, बुद्दि डल्लाकोटी लगायतले शुभकामना दिएका थिए ।

अस्ट्रेलियाबाट सरसफाई अभियानको नेतृत्व गरेर नेपाल जान लागेका खेम शर्माले आफू आफ्नो मातृभूमिका लागि आफूले जानेको सीप सिकाउन र चेतना जगाउन गैरहेकोले बताए ।

मंगलबार उनी नेपाल पुगेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सफाईको लागि तयारी गरिने छ । जुन २९ गतेको मध्यरातिबाट काम सुरु गरिने खेम शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment