Comments Add Comment

अष्ट्रेलियामा नेपालीभाषीको संख्या ६० हजारभन्दा बढी

२७ जुन, सिड्नी । अस्ट्रेलियाले गएको वर्ष आयोजना गरेको राष्ट्रिय जनगणना २०१६ को प्रारम्भिक जानकारी अनुसार अस्ट्रेलियामा नेपाली भाषा बोल्नेहरुको संख्या ६२ हजार ५ रहेको छ । यहाँको एसबिएस रेडियोको नेपाली सेवाका अनुसार मंगलबार मात्रै यो प्रारम्भिक तथ्यांक आएको हो ।

अस्ट्रेलियाली तथ्यांक विभागद्वारा मंगलबार सार्वजनिक गरिएको उक्त जानकारीमा न्यू साउथ वेल्समा ३४ हजार ६०६ जनाले आफूले घरमा नेपाली बोल्ने बताएका छन् भने भिक्टोरियामा उक्त संख्या १० हजार ४१४ रहेको छ ।

यस्तै क्वीन्सल्याण्डमा ५ हजार ९१८ नेपाली भाषीहरु छन् भने साउथ अस्ट्रेलियामा ४ हजार ५०४ रहेको छ ।

साथै वेस्टर्न अस्ट्रेलियामा २ हजार ८३१, टासमनियामा एक हजार ६४७, नर्दन टेरीटोरीमा एक हजार २१९ र राजधानी शहर रहेको एसीटीमा एक हजार भन्दा कम ८६६ जनाले आफू नेपाली बोल्नेबताएका छन् ।

यस सम्बन्धी बिस्तृत विवरण तथा तथ्यांक विश्लेषण हुन अझै बाँकि नै छ । अस्ट्रेलियामा नेपाल, भुटान तथा भारतबाट नेपाली भाषीहरु बसाईसराई सरेर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment