Comments Add Comment

निर्वाचन आयोगको अपीलः ढुक्क भएर मतदान गर्नुस्

६२ हजार उम्मेदवार चुनावी मैदानमा

 

१३ असार, काठमाडौं । तीन वटा प्रदेशमा भोलि हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । साथै सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आहृवान गरेको छ ।

मतदानको अघिल्लो दिन मंगलबार विशेष पत्रकार सम्मेलन गर्दै आयोगले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर मत दिन आहृवान गरे । उनले भने, सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ ।’

प्रमुख आयुक्त यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान समेत आग्रह गरेका छन् । यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको बैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे ।

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम भएकाहरुको हकमा नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।

६२ हजार उम्मेदवार चुनावी मैदानमा

यो चुनावले प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment