Comments Add Comment

साझा यातायातमा ज्येष्ठ नागरिक र अपाङ्गलाई भाडा नलाग्ने

१४ असार काठमाडौं । साझा यातायाले ज्येष्ठ नागरिक र अपाङ्गलाई लाई निशुल्क सेवा दिने भएको छ । अब ज्येष्ठ नागरिकका साथै , क र ख बर्गका अपाङ्ले ले साझाका जुनसुकै बस चढ्दा पनि भाडा तिर्नुपर्ने छैन ।

आज महानगरपालिका र साझा यातायातबीच भएको पुरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने उल्लेख छ ।

अहिले साझा यातायातका बसहरु उपत्यका बाहिर पनि जाने गरेका छन् । उपत्यकासहित उपत्यकाबाहिर पनि साझाले ज्येष्ठ नागरिक र अपाङ्गलाई निशुल्क सेवा दिनेछ ।

साथै अब साझाका सबै गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने छ । अहिले १० वटा गाडीमा यो सेवा उपलब्ध भएपनि अब भने सबै गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाउन लागेको साझा यातायातले जनाएको छ ।

महानगरपालिकाले मंगलबार साझा यातायातलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरले यो रकम दिएको हो ।

यो रकम महानगरपालिकाले सेयरका रुपमा लगानी गर्दैछ । महानगरले प्रदान गरेको रकमबाट साझाले नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो ˆलोर’ बस ल्याउनेछ । यसका लागि साझाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ । यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्नुपर्छ । तर, लो फ्लोरको बसमा भने चढ्न ओर्लन कुनै असहज हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment