शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला …

आर्यन खन्ने, जेबिका रोप्ने....

अनलाइनखबर

असार महिना लागेसँगै नेपाली किसानहरुलाई धानको विउ रोप्ने चटारो हुन्छ । ‘मानो रोपेर मुरी फलाउने’ चटारोमा किसानहरु लागिपरेका छन् ।

असारमा खेत भरी भरिएको पानीमा छुपुछुप गर्दै ‘धानको विउ रोप्नु’को रमाइलो नै अर्कै हुन्छ । अझ, रोपारहरुले गीत गाउँदै विउ रोप्दाको क्षण निकै लोभलाग्दो हुन्छ ।

हिलोमा रमाउँदै नेपाली चलचित्रका नायक आर्यन अधिकारी र नायिका जेबिका कार्कीले रोपाँइ गरेका छन् । अनलाइनखबरले गरेको ‘रोपाँइ’को फोटोसुटका क्रममा आर्यन र जेबिका एकअर्कासँग जिस्किए, हिलो छ्यापाछ्याप गरे ।

चलचित्र ‘के म तिम्रो होइन र’का नायक आर्यन र ‘पर्व’की नायिका जेबिकाको रोपाँइ लोभलाग्दो थियो । जेबिकाले धानको विउ रोप्दै गर्दा आर्यन बाउसे बने । हिलो छ्यापाछ्याप गर्दै यी दुइले रमाइलो समेत गरे ।

काठमाण्डौमा बस्दै आएका आर्यन र जेबिका असार लागेसँगै खेतमा रमाएको, गीत गाएको याद आउने बताउँछन् ।

तस्बिर श्रीधर पौडेल

२०७४ असार १३ गते १७:५६ मा प्रकाशित (२०७४ असार १५ गते ११:२६मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Ballu लेख्नुहुन्छ    |   २०७४ असार १४ गते ०:०९

    Camera chahi gatilo kineka ho onlinekhabar le

    7
    2
    Share

  • Surya Kanta Koirala लेख्नुहुन्छ    |   २०७४ असार १४ गते १६:१३

    छुपुछुप गर्दै विउ रोप्नु’को रमाइलो नै अर्कै हुन्छ ।

    2
    0
    Share

  • Atmaram Lamsal लेख्नुहुन्छ    |   २०७४ असार १४ गते १७:०४

    Camera marta gatilo bhayara ke garne image retouch garne dhanga napugta sabai image bigarexa. Facelai matra select garera light lagera sabai image ma model ko face ani face pachhadi ko background purai fade ani low contrast bhayara.
    camera sangai eauta gatilo photo retouch expert pani chainxa bhanne sochena onlinekhabar le.

    5
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this