Comments Add Comment

६२ हजार उम्मेदवार चुनावी मैदानमा, ४१ जनप्रतिनिधि निर्विरोध

१३ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तुनावमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भोलि हुँदैछ । बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो ।

१५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment