Comments Add Comment

नेप्सेसँगै कारोबार रकम पनि घट्यो


१३ असार, काठमाडौं । यसअघिको दुई दिनको कारोबारमा १६ अंक जोडेको नेप्सेले मंगलवार भने २.६३ अंक गुमाएको छ । नेप्से १५६५ मा आइपुगेको हो ।

बजारको स्पष्ट दिशा नदेखिएको कारण तीव्र मोलमोलाई भइरहेको देखिएको छ । यसबीच सुधारको क्रममा देखिएको बिमा, बिकास बैंक र टेलिकम सूचीकृत ‘अन्य’ समूहको परिसूचकमा भएको वृद्धिले नेप्सेमा वृद्धि ल्याउन सकेन ।

यसदिन कारोबार रकम पनि घटेको छ । ५ हजार ९ सय ९३ पटकमा १० लाख २८ हजार कित्ता सेयर किनबेच भएर ६१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर उच्च दरले घटेको छ ।

फवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । यस दिन सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरुको कारोबार मापक फ्लोट परिसूचक र ‘क’ वर्गमा सूचीकृत संस्थाहरुको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक पनि बढ्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment