Comments Add Comment

रञ्जुको शंकास्पद मृत्यु, पूर्वजर्नेल कुमार फुदुङमाथि कुटपिट

तस्वीर सौजन्यः न्यूजलय

१३ असार, सुनसरी । आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।

कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनको प्रहरीले उद्दार गरी उपचार गराएको छ ।

इटहरी चोकमा रहेको फुदुङको घर कम्पाउण्डमा रहेको पोखरीमा रञ्जु ठकुरी आइतबार विहान मृत भेटिएकी थिइन् । प्रहरीले फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीयबासीहरुको एक समूहले उनको घरमा तोडफोड गरेका छन् । त्यस क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट तथा लछारपछार गर्दै बाहिर निकालेको अवस्थामा प्रहरी टोलीले फुदुङले उद्दार गरेको छ ।

फुदुङको घर परिसर निकै ठूलो छ र बगौंचा पनि छ । त्यहाँ केही समय अघि अर्गानिक रिपोर्ट चलाइएको थियो । रञ्जु त्यही वेटर काम गर्थिन् भने उनका श्रीमान कुक थिए ।

तर, रेष्टुरा सञ्चालकले भाडा नदिएको भन्दै फुदुङले सम्झौता तोडे र घरमा आफू बस्न थाले ।

गोर्खाकी रञ्जु पनि त्यहाँबाट हिडिन् । तर, आइतबार विहान एक्कासी फुदुङको घरमा देखिइन् । उनी विहान साढे ८ बजेतिर आएको फुदुङले स्वीकार गरेका छन् ।

पहिले चिनजान भएकाले उनी आएको र सिसो पिएपछि बगौंचा हेर्न जान्छु भन्दै गएको उनले बताए । केही समयपछि हेर्दा उनी पोखरीमा मृत अवस्थामा भेटिएको उनको दाबी छ ।

इटहरीका डीएसपी नरेशराज सुवेदीका अनुसार प्रहरीले विहान करिव १० बजे खबर आएको थियो ।  प्रहरीले लगतै अनुसन्धान थाल्यो । तर, परिवारका सदस्य नभएका कारण धेरै प्रक्रिया अघि बढ्न सकेन ।

गोरखामा रहेका रञ्जुका परिवार मंगलबार मात्र इटहरी आए । उनको श्रीमानसँग करिव ८ महिनादेखि सम्वन्ध राम्रो नभएको र अन्तरजातीय बिहे भएकाले परिवारले स्वीकार नगरेको पाइएको छ ।

 

पीडित परिवारले जाहेरी दिने र प्रहरीले घटनालाई शंकाको घेरामा राखेर अनुसन्धान गर्ने समझदारी भएको थियो । तर, स्थानीयको एक समूह फुदुङमाथि खनिएका छन् । पोखरीमा डुबेर मृत्यु भएको भनिएपनि कपडा समेत नभिजेको र शरीरमा निलडाम भएको भन्दै स्थानीयले मृत्यु शंकास्पद भएको बताएका छन् ।

प्रहरीका अनुसार फुदुङमाथि कुटपिटमा संलग्न ८ जनालाई नियन्त्रणमा लिइएको छ । डीएसपी सुवेदीले भने, ‘पोष्टमार्टम रिपोर्ट आएको छैन । दोषी देखिए कसैलाई पनि छाड्दैनौं । तर, अनुसन्धानमै रहेकाले यसै भन्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment