Comments Add Comment

प्रयोगकर्ताको इमेल निगरानी नगर्ने जिमेलको घोषणा

कुनै साथीसँग च्याटमा कुराकानी गरेको, इमेलमा पठाएको वा गुगलमा सर्च गरेका वस्तु तथा विषयसँग सम्बन्धित विज्ञापनहरु आफुले खोलेको वेबपेजमा देख्नुभएकै होला । प्रयोगकर्ताको सर्च तथा इमेलको रेकर्डका आधारमा गुगलले यस्तो गर्दछ ।

तर अबदेखि चाहीँ यसरी विज्ञापनको उद्धेश्यले प्रयोगकर्ताका इमेलमा निगरानी नगर्ने गुगलले घोषणा गरेको छ ।

गुगलले प्रयोगकर्ताको इमेल तथा सर्च हिस्ट्रीलाई विज्ञापनका लागि प्रयोग गरेको भन्दै विश्वभर नै गुगलको आलोचना हुने गरेको थियो । यसले प्रयोगकर्ताको गोपनियतामाथि हमला गरेको बताइँदै आएको थियो ।

सन् २००४ देखि चलिरहेको यस अभ्यास अन्तरगत गुगलले प्रयोगकर्ताको रुची तथा क्षेत्र अनुसारको विज्ञापन देखाउनका लागि उनीहरुको गुगल अकाउन्टमा नजर राख्ने गरेको छ ।

प््रयोगकर्ताको इमेल तथा सर्च गरिएको कि वर्डको निगरानी गर्दछ गुगलले ।

एदाहरणका लागि यदि तपाइँले गुगल सर्चमा कुनै मोबाइलका बारेमा खोज्नुभयो भने तपाइँले अन्य वेबसाइट हेरेको बेला गुगलले त्यस्ता वेबपेजमा समेत तपाइँले कुनैबेला गुगल सर्चमा हेरेको मोबाइल सम्बन्धि विज्ञापन देखाइदिन्छ ।

इस आधारमा गुगलले प्रयोगकर्ताको मन पर्ने नपर्ने कुराको बारेमा पनि जानकारी पाउँदछ र सोही आधारमा प्रयोगकर्तालाई मन पर्ने विषयका विज्ञापन देखाउँदछ ।

गुगलका हाल एक अर्ब २० करोड प्रयोगकर्ता रहेका छन् । गुगलका अनुसार सशुल्क जिमेल अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताहरुको इमेल अकाउन्ट अहिलेपनि स्क्यान गर्ने गरिएको छैन । अन्य सबै खाले प्रयोगकर्ताका लागि पनि यो वर्षको अन्त्यसम्मबाट इमेल स्क्यान गर्ने काम बनद गरिने गुगलको भनाई छ ।

सशुल्क गुगल अकाउन्ट विज्ञापन मुक्त हुनेछन् भने अन्य अकाउन्टका लागि कुन विज्ञापन देखाउने भन्ने बारेमा अन्य सफ्टवेयरले निर्धारण गर्नेछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment