Comments Add Comment

एकाएक भाइरल बन्यो २४ इन्चको पिज्जा, खानेभन्दा धेरै सेल्फी खिच्नेको ओइरो

पूरा २४ इन्च लम्बाइको यो पिज्जा स्लाइस इन्स्टाग्राम क्रेज बनिसकेको छ । जसले यसलाई खरीद गर्छन् प्राप्त हुनासाथ खानुअघि यो पिज्जासँग सेल्फी लिइहाल्छन् ।

उसो त यसको स्वादको बारेमा पनि मानिसहरुले भनेका छन् की यसमा चिज तथा रेड सस मन फुकाएर हालिएको छ । जसले यसलाई आम पिज्जा जस्तै स्वादिष्ट बनाएको छ ।

आकारसँगै प्रयोग गर्ने बहानामा स्वादसँग कुनै सम्झौता गरिएको छैन रे । अमेरिकाको न्युयोर्कस्थित यन्कर्समा रहेको पिज्जा बार्नले यो भाइरल पिज्जा बनाएर बेचिरहेको छ ।

दुई फिट लामो यो पिज्जा बनाउने उक्त पिज्जा बार्नका सबै कर्मचारीले लगाएको शर्टको पछाडिपटि्ट लेखिएको हुन्छ ः आकारले अर्थ राख्छ ।
यो पिज्जाघर सन् १९७५ देखि नै पिज्जाको लागि लोकपि्रय छ ।

पसलका मालिक एन्जेलो डीलुकाका अनुसार प्लेन पिज्जाको १२ डलर पर्दछ भने म्याक, चीज वा लसांगा स्पेसल पिज्जाको ३२ डलर सम्म पर्दछ ।

हेरौँ सोसल मिडियामा चर्चित बनेका उक्त पिज्जाका केही दृश्यहरु । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment