Comments Add Comment

मेल्बर्नमा उम्मेदवारहरुसँग ‘मिट एण्ड ग्रिट’

२७ जुन, मेल्बर्न । अहिले एनआरएनए अस्ट्रेलियाको चुनावी गर्मी चर्काे छ । निर्वाचनको मिति जुलाई ८ तारिख नजिकिदै गर्दा उम्मेदवारहरुको चुनावी कसरत पनि बढ्दो छ ।

विधानतः एनएसडब्लु राज्यबाट एनआरएन अस्ट्रेलियाको अध्यक्ष बन्न नपाउने भएपछी अहिले भिक्टोरिया र क्विन्स्ल्यान्डबाट अध्यक्षका प्रत्यासी ४ जनाकावीच प्रतिस्पर्धा हुदैछ ।

भिक्टोरिया बाट टोनु गोथाने र डा. महेश भण्डारी त्यस्तै क्विन्स्ल्यान्डबाट स्वतन्त्रप्रताप शाह र अभिमानसिङ बस्नेत अध्यक्षका प्रत्यासी हुन ।

सबैभन्दा बढी भोटर संख्या रहेको एनएसडब्लु राज्यले अध्यक्षको उम्मेदवार नपाएपनि अध्यक्ष चुन्नका लागि भने निर्णायक भूमिका खेल्नेछ ।

अहिले फेसबुकमा आफ्ना एजेण्डाहरु सहित उमेदवारहरुको चुनाव प्रचारप्रसारले ब्यापकता पाएको छ । यसैवीच गत आइतवार जुन २४ तारिक मेल्बर्नमा एनआरएनए भिक्टोरियाका उम्मेदवारहरुसँग मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ ।

सबै उम्मेदवारहरुको उपस्थिति नभए पनि बहुसंख्यक उम्मेदवारहरु कार्यक्रममा सहभागी भएको आयोजकले बताएको छ । सो अवसरमा एनआरएन अस्ट्रेलियाका अध्यक्षका उमेदवार टोनु गोथाने, महासचिव पदका उम्मेदवार नारायण कोइराला, दुर्गा आचार्य, एनआरएन भिक्टोरियाका वर्तमान संयोजक केशब कंडेल र भिक्टोरिया बाट एनआरएन एनसीसीका उम्मेदवार गणेश अधिकारी लगायतले बोलेका थिए ।

यस अघि कहिल्यै चुनाव नभएको एनआरएन भिक्टोरियामा यो पटक भने चुनाव हुने भएको छ । चुनावले सस्थालाई कमजोर हैन अझै बलियो बनाउने धेरैको तर्कपनि छ ।

भिक्टोरियाको नारी निकुन्ज संयोजकमा नितु गुरुङ, उपसंयोजक पार्वती कंडेल र सदस्यमा सशिकला गुरुङ निर्बिरोध भएका छन भने युवा संयोजकमा सुमन अधिकारी, सहसंयोजक उज्ज्वल खनाल, सदस्यहरुमा गणेश कंडेल र हरी पण्डित चयन भैसकेका छन् भने अब अन्य पदहरुमा चुनाव हुनेछ ।

यसैगरी एनआरएनए भिक्टोरियाका संयोजक केशब कंडेल र सदस्य केशर बिक्रम भट्टराई यो पटक उही पदमा दोहोरिएका छन् ।
कुल १२२७ सदस्य संख्या रहेको एनआरएन भिक्टोरियाको एनसीसी सदस्य सहित बाँकी १२ जनाका लागि २० जनाको उम्मेदवारि परेको छ ।

भिक्टोरियाको संयोजकमा वर्तमान संयोजक केशब कंडेलको उम्मेदवारि दोहोरिएको छ भने वर्तमान सचिव माधव पौडेलले पनि संयोजकमा आफ्नो उम्मेदवारी दिएका छन् ।

भिक्टोरिया जस्तो नेपालीहरुको ठूलो बसोबास रहेको ठाउँमा एउटै ब्यक्ति दोहोरिन नहुने भन्दै आफूले उम्मेदवारी दिएको माधव पौडेलको दाबी छ भने केशब कंडेलका अनुसार एनआरएनका कतिपय मुद्दाहरुमा काम गर्न अनुभबी ब्यक्ति नै आवश्यक हुने र आफू नयाँ हुँदा पहिलो छ महिना सस्था बुझ्नै लागेको र पछील्लो छ महिना चुनावको कारण काम नै नहुने अवस्था रहेकोले पनि अब आफू काम नै गर्न आएको बताउँछन ।

यसैगरी उपसंयोजकमा प्रकाश सेढाई र डा. उगेन्ऽ रेग्मीको उम्मेदवारी परेको छ । डां रेग्मी पश्चिम मेल्बर्नको नेपाली समाजमा नेपाली भाषा कक्षा सन्चालनका संयोजक हुन भने क्रेगिबर्न नेपाली समाजका सस्थापक उपाध्यक्ष, चितवन समाज भिक्टोरियाका संस्थापक सदस्यसमेत भई काम गरिसकेका प्रकाश सेढाई समाज प्रतिको आफ्नो योगदान र दायित्व बोध गर्दै उम्मेदवारी दिएको बताउँछन ।

यसैगरी सचिवका लागि श्रीजना रायमाझी र गौतम लामिछानेको उम्मेदवारी परेकोछ भने सहसचिवमा क्रेगिबर्न नेपाली समाजका अध्यक्ष प्रेमप्रसाद कंडेल र देबेन्ऽ शर्मा पौडेलको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षका लागि सुनिल मैनाली र गणेशराज गौतमवीच प्रतिस्पर्धा हुनेछ भने राज्य समितिको ४ जना सदस्यका लागि छ जनाको उम्मेदवारी परेको छ । जसमा हरी खड्का, प्रेम लाल सापकोटा, मायाप्रसाद सुवाल, केशर बिक्रम भट्टराई, गोपाल काफ्ले र गान्धीप्रसाद भट्टराई रहेका छन् ।

यस्तै एनसीसी सदस्यहरुमा ३ जना का लागि गणेश अधिकारी, रमेश छत्कुली, निराजन गौली र कृष्णप्रसाद न्यौपाने गरी ४ जनाको उम्मेदवारी परेको छ ।

चुनाब नजिकिएसँगै अहिले हरेक उम्मेदवारहरुको फेसबुकको भित्तामा टाँगिएका एजेन्डासहितको एक थान प्रचार सामग्रीले मतदाताहरु माझ झनै रौनक बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment