Comments Add Comment

जान्वीको बोल्ड शैली


चलचित्र ‘सपना तिम्रो मेरो’मा काम गरेकी नायिका जान्वी बोहरा पछिल्लो समय हराएकी छिन् । यो चलचित्रमा काम गरेपछि दर्शकले उनलाई पर्दामा देख्न पाएका छैनन् ।

यो विचमा उनले एउटा नाटकका अभिनय गरिरहेकी छिन् । ‘अनी देउराली रुन्छ’ नामक नाटकमा उनले अभिनय गर्न थालेको एक महिना बढी भैसक्यो । शिल्पी थिएटरमा यो नाटक हरेक दिन मञ्चन भैरहेको छ । करिब डेढ महिना भन्दा बढी समय उनले नाटकको तयारीमा नै बिताइन् ।

नाटकमा जीवन्त अभिनय गर्न पाइन्छ भन्ने सोच राख्ने यी सुन्दरी अब ‘शेरबहादुर’ नामक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रसँगै केही बर्ष हराएकी जान्वीलाई दर्शकले पर्दामा देख्न पाउनेछन् । बोल्ड शैलीमा हिड्न रुचाउने यी सुन्दरीले अब फेरि चलचित्रको पर्दामा दर्शकले आफूलाई रुचाउने दाबी गर्छिन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment