Comments Add Comment

असफल हुने बाटोमा सलमानको ‘ट्यूबलाइट’, इदमा पनि कमजोर व्यापार


बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका छन् ।

तर, यसपटकको इद भने सलमानका लागि निकै कमजोर साबित भएको छ । शुक्रबारबाट रिलिज भएको खान अभिनित चलचित्र’ट्यूबलाइट’ले ४ दिनमा पनि सय करोडको नेट कलेक्शन गर्न सकेन । जसले गर्दा, यो चलचित्र असफल हुने बाटोमा देखिएको छ ।

शुक्रबार २१.१५ करोडको व्यापार गरेको चलचित्रले शनिबार २१.१७ करोडको व्यापार गरेको थियो । आइतबार बिदाको दिन चलचित्रको व्यापार २२.४५ करोड मात्र भयो । सोमबार परेको इदको बिदामा चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो ।

तर, इदको बिदा पनि सलमानका लागि फापेन । सोमबार चलचित्रले १९.०९ करोडको कारोबार गर्‍यो । ४ दिनमा चलचित्रले ८३.८६ करोडको कमाई गरेको छ ।

चलचित्रको व्यापार आजबाट घट्ने विश्लेषकहरुले बताएका छन् । कविर खानले निर्देशन गरेको र सलमान खानले अभिनय गरेको चलचित्र ‘बजरंगी भाइजान’ले २ बर्ष अगाडि ३२० करोड कमाई गरेको थियो ।

तर, यसपटक सलमानको ‘ट्यूबलाइट’लाई डेढ सय करोड कमाउन पनि मुश्किल पर्ने देखिएको छ । २ सय करोड भन्दा तलको व्यापार गरेको खण्डमा यो चलचित्र असफल सूचीमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment