Comments Add Comment

अमेरिका पढ्न जाने विद्यार्थीमा सबैभन्दा उच्च वृद्धिदर नेपालको

अमेरिकामा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुको संख्या विश्वमै सबैभन्दा उच्च दरले बढेको एक अध्ययनले देखाएको छ ।

 

अध्ययनअनुसार सन् २०१६ को मेदेखि एक वर्षको अवधिमा नेपाली विद्यार्थीको आगमन १८ प्रतिशतले बढेको छ ।

अधिकांश नेपाली विद्यार्थीहरु टेक्सास र मिन्नेसोटाजस्ता राज्यहरुमा अवस्थित शैक्षिक संस्थाहरुमा ब्याचलर तथा मास्टर्स कार्यक्रममा भर्ना हुने गर्छन् । समग्रमा गत वर्षको मेसँग तुलना गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या २ प्रतिशतले बढेको अध्यन प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) विषयमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या पनि ह्वात्तै बढेको छ ।

सबैभन्दा बढी विद्यार्थीहरुले बिजनेससँग सम्वन्धित कोर्स रोजिरहँदा दोस्रोमा स्टेम विषयहरु आएको छ, जसलाई ४३ प्रतिशत विद्यार्थीले रोजेका छन् । एसियाली विद्यार्थीहरुमध्ये ४९ प्रतिशतले स्टेममा भर्ना गरेका छन् ।

‘अमेरिकी कलेज तथा विश्वविद्यालयहरुले विश्वमै उत्कृष्ट स्टेम प्रोग्रामहरु अफर गर्छन् । अमेरिकामा रोजगारी सिर्जना र आविष्कारका लागि स्टेम प्रोग्रामका ग्य्राजुयटहरु महत्वपूर्ण हुन्छन्,’ अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

मे २०१७ को आँकडा अनुसार अमेरिकामा ११ लाख ९० हजार विदेशी विद्यार्थीहरु प्राज्ञिक (एफ) र व्यवसायिक (एम) विषय अध्ययनरत छन् । यीमध्ये ७७ प्रतिशत एशियाबाट आएका हुन् । दक्षिण अमेरिका बाहेक सबै महादेशहरुबाट महिलाभन्दा पुरुष विद्यार्थी बढी संख्यामा आएका छन् । एशियाबाट आउने विद्यार्थीहरुको संख्यामा सबैभन्दा ठूलो लैंगिक असन्तुलन छ । जहाँ छात्रहरुको अनुपात ५८ प्रतिशत र छात्राहरुको ४२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment