Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः चुनाव आज, परीक्षामा ६२ हजार उम्मेदवार

१४ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन आज १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुँदैछ । निर्वाचनमा ६२ हजार उम्मेदवार मैदानमा खडा भएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । निर्वाचनमा ढुक्कसँग मत हाल्न राष्ट्रपतिलगायतले गरेको आग्रहलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् ।

निर्वाचनमय बनेको गोरखापत्र दैनिकले दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले गरेको आग्रहलाई मुख्य खबर बनाएर लेखेको छ । राष्ट्रपतिले मताधिकार प्रयोग गर्न गरेका आग्रहदेखि च्यातिएका भरतपुरका मतपत्र सर्वोच्चमा लगिएकासम्मका खबर गोरखापत्रमा छ ।

कान्तिपुर दैनिकले ‘दोस्रो चरणमा निर्वाचन आज’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

नागरिक दैनिकले सद्भावमय ढंगले दोस्रो चरण निर्वाचन हुन लागेको लेखेको छ भने नयाँ पत्रिका दैनिकले ६२ हजार उम्मेदवार परीक्षामा उत्रिएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment