Comments Add Comment

निराश छन् प्रदेश–२ का जनता

१४ असार, काठमाडौं । प्रदेश – १, ५ र ७ का स्थानीय तहका जनता आफ्ना प्रतिनिधि छान्न आज मतदान गर्दैछन् । राष्ट्रिय जनता पार्टीको संविधान संशोधनको अडान कायम नभएको भए प्रदेश–२ का स्थानीय तहका मतदाता आज मतदानका लागि लामबद्ध हुन्थे । राजपाको अडानका कारण अब २ असोजमा मात्र मतदान गर्न पाउने यो प्रदेशका जनता भने यतिबेला अन्य प्रदेशमा जस्तै मताधिकार प्रयोग गरेर आफ्ना प्रतिनिधि छान्न नपाएकामा दुःखी छन् ।

पटक–पटक गरी प्रदेश–२ को स्थानीय तहको निर्वाचनमा चारपटक सार्ने सरकारको निर्णयप्रति यहाँका जनता आक्रोसित छन् । मिति तय भएका अन्य प्रदेशमा मतदानको भव्य तयारी हुँदा आफ्नो प्रदेश सुनसान रहेकोमा कोही राजनीतिक दल त कोही सरकारप्रति आक्रोस पोख्छन् ।

सातमध्ये ६ वटा प्रदेशमा स्थानीय तहको मतदान भइसक्दा समेत आफू बसेको प्रदेशमा मतदानको सुरसार नभएकोमा उनीहरु पछि परेको महसुस गरिरहेको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment