Comments Add Comment

युएन पार्कको जग्गामा एनजिओका कार्यालयदेखि खेतीपातीसम्म

१४ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा हुँदै छ । यो दुई दशकमा पार्क निर्माण पूरा हुनु त कता हो कता, निर्माण आयोजनाको स्वामित्वको १ हजार ५ सय ७६ रोपनी जग्गाको समेत चरम दुरुपयोग हुन थालेको छ ।

राष्ट्रसंघको आग्रहमा देशबाहिर गई शान्ति स्थापना गर्ने क्रममा जीवन उत्सर्ग गर्ने सैनिक, प्रहरी र निजामति कर्मचारीको योगदानको स्मरण गर्ने उद्देश्यले पार्क निर्माण गरिएको थियो । तर, त्यसका लागि छुट्याइएको जग्गामा अहिले एनजिओदेखि ड्राइभिङ इन्ष्टिच्युटसम्मका कार्यालय रहेका छन् ।

त्यति मात्रै होइन, वडा कार्यालय, फोहोर फाल्ने स्थल, खेती किसानी गर्ने जग्गाका रुपमा समेत प्रयोग भइरहेको संयुक्त राष्ट्रसंघ पार्क विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तस्वीरः इन्टरनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment