Comments Add Comment

१ भोटको १ हजार ! रकम बाँड्ने प्रहरी फन्दामा

१४ असार, काठमाडौं । मौन अवधि सुरु भएपछि सोमबार राति दक्षिणी सिमाना झापा गाउँपालिकामा कांग्रेस कार्यकर्ता रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् ।

झापा गाउँपालिका–१ ग्वालाटोलका स्थानीय कांग्रेस कार्यकर्ता मोहमद अली हुसेन रकम बाढ्ने क्रममा पक्राउ परेका हुन् । उनलाई रकम बाँड्ने क्रममा माओवादी केन्द्र, एमाले र संघीय समाजवादी फोरमका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

उनले प्रतिभोट १ हजार नेपाली रुपैयाँका दरले वितरण गर्ने गरेको स्वीकारेका छन् । प्रहरीले सत्यतथ्य बुझेपछि हुसेनलाई थप कारबाही गर्ने बताएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment