Comments Add Comment

पारिका नागरिक वारिका मतदाता !

१४ असार, काठमाडौं । लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै पूर्व नेपाली स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । मधेसमा ‘नवनागरिक’को संख्या लगातार बढिरहेको चर्चा बाक्लै भइरहेका बेला पहाडी भूभागमा पनि यस्ता नागरिक संख्या धेरै रहेको उनीहरुको आगमन दरले देखाउँछ ।

केही सातायता निर्वाचनमा सहभागी हुनका लागि काँकडभिट्टा नाकाबाट नेपाल भित्रिनेको संख्या ठूलै छ । त्यसमा धेरै कामको सिलसिलामा भारतीय भूमिमा रहेका नेपाली छन् । केही संख्या विद्यार्थीको पनि छ । अर्को संख्याचाहिँ भारतीय भूमिमै घरजम गरिसकेकाहरुको छ, जो दोहोरो नागरिकताधारी हुन् ।

बासिन्दा भारतको र मतदाताचाहिँ नेपालको हुनेको संख्या उल्लेख्य छ । प्रहरीका अनुसार काँकडभिट्टा नाकाबाट पछिल्लो समयमा निर्वाचन प्रयोजनकै लागि नेपाल भित्रिनेहरु अधिकांश पहाडे समूदायका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment