Comments Add Comment

समानुपातिक प्रतिनिधित्वकाे किचलोले राजपा विधान निर्माणमा विवाद

१४ असार, काठमाडौं । पार्टी संगठन पनि जनसंख्याका अनुपातमा निर्माण हुनुपर्ने विषयमा मतैक्य नभएपछि राष्ट्रिय जनता पार्टी, नेपालकमो विधानले पूर्णता पाउन सकिरहेको छैन । जनसंख्याको अनुपातमा राज्यका विभिन्न निकायमा प्रतिनिधित्वसँगै स्थानीय तह संख्यासमेत बढाउनुपर्ने माग गर्दै आएको राजपाभित्र सोही कारणले विवाद चर्किएको छ ।

पार्टी अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव र शरतसिंह भण्डारीले जनसंख्याका आधारमा सांगठनिक संरचना बन्नुपर्ने अडान लिएका कारण विधानले पूर्णता पाउन नसकेको हो ।

अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले भने यो प्रस्तावमा आनाकानी गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment