Comments Add Comment

कुन जिल्लामा कसरी हुँदैछ मतदान ? हेर्नुहोस् अपडेट

१४ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावमा ३५ जिल्लाका ६४ लाख मतदाताहरुले उत्साहजनक सहभागिता जनाइरहेका छन् । यो निर्वाचनले ३३४ स्थानीय तहमा ६२ हजार उम्मदेवारको भाग्य फैसला गर्दैछ ।

निर्वाचनको सहभागिताबारे हामीले कुन कुन जिल्लाका कसरी मतदान भइरहेको भन्नेबारे पाठकहरुलाई विभिन्न जिल्लाका गतिविधिहरु आज दिनभरि अपडेट गराउँदै जानेछौं ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको बालदमन्दिर मतदान केन्द्रबाट आज विहानै मतदान गरेका छन् ।

त्यसैगरी सभामुख ओनसरी घर्तीले रोल्पाको माडीकोट जंकोट वाल उदय मावि केन्द्रबाट लाइनमा बसेर मतदान गरेकी छिन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री केबी गुरुङ्ग इलामको बाल्मन्दिर केन्द्रमा मतदान गर्दै ।
अर्घाखाँचीको पाणिनी मतदान केन्द्र । तस्वीर: घनश्याम पाण्डे
इलामका मतदाताहरु बिहान चार बजेदेखि नै मतदान गर्ने लाइनमा बसेका थिए । तस्वीर: सटेन्द्र जवेगु

 

कैलालीका सांसद पुष्करनाथ ओझा मतदान गर्दै । तस्वीर: दीपक उपाध्याय
रुकुममा एक महिला मतदान गर्दै । दोस्रो चरणमा रुकुमका भुमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा चुनाव हुँदैछ । तस्वीर: टेकबहादुर ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment