Comments Add Comment

आर्थिक समाचारः सान्जोसेले माग्यो ३ अर्ब क्षतिपूर्ति

१४ असार , काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको काममा ढिलासुस्ती गरेको भन्दै ठेक्का तोडिएको स्पेनी कम्पनि कन्स्ट्राटोरा सान्जोसेले नागरिक उड्डयन प्राधिकरणसंग २ अर्ब ९१ करोड ८२ लाख ४१ हजार क्षतिपूर्ति मागेको छ ।

कारोबार दैनिकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार आयोजना सन्दर्भमा सान्जोसले माग्यो ३ अर्ब क्षतिपूर्तिलाई मुख्य समाचार बनाएको छ । ओबीओआरमा जोडिन चाहँदै तराई–मधेशलाई पनि कारोबारले लेखेको छ ।

कालोबजारी रोक्न विशेष संयन्त्रलाई लेखेको कारोबारले सिंहदरवारमा बल्ल सोलारलाई पनि लेखेको छ । इन्टरनेट प्रदाययकको ग्राहक सेवा महंगोलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । स्याटेलाइट सिटीको जग्गामा लागेको रोक खुकुलो बनाउने तयारीलाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै असारभित्रै सबै अञ्चलबाट स्मार्ट लाइसेन्स पाइनेलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

डेढ अर्ब खर्चेर अढाइ सय कर्मचारीको अवकाशलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । अब कारोबार क्यासलेसलाई पनि नागरिकले लेखेको छ । विद्युत उत्पादन धेरै हुँदा लोडसेडिङलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । भेरी बबई डाएभर्सन सन्दर्भमा मुख्य सुरुङ खन्ने काम कात्तिकबाटलाई पनि लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment