Comments Add Comment

उपराष्ट्रपति पुन भोट हाल्न आएनन्, सभामुख घर्तीले गरिन् मतदान

१४ असार, रोल्पा । सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान मतदान गरेकी हुन् ।

सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन् ।

यसैगरी माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गरेका छन् ।

माओवादीकी अर्की नेतृ जयपुरी घर्तीले राङ्सी केन्द्रबाट मतदान गरेकी छन् । तर, राङ्सी निवासी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ भने भोट हाल्न रोल्पा आएका छैनन् ।

रोल्पामा १० स्थानीय तह छन् । रोल्पामा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment