Comments Add Comment

बिराटनगरका मतदान केन्द्रमा पूर्वमन्त्रीको भीड, कुन नेता कहाँ ?

उपेन्द्र यादवदेखि सुजाता कोइरालासम्म

१४ असार, बिराटनगर । मोरङलाई नेतै नेताहरुको जिल्लाभन्दा पनि फरक पर्दैन । आज बिराटनगर महानगरपालिका र मोरङ जिल्लाका अन्य स्थानीय तहका मतदान केन्द्रमा हेर्दा मोरङलाई बढी जनघनत्व भएको जिल्लामात्रै होइन, धेरै नेता भएको जिल्ला भने पनि हुन्छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट मोरङमा ८२९ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित मोरङमा १७ स्थानीय तह छन् । जिल्लामा कुल ५ लाख ७४ हजार ५ सय मतदाता छन् ।

बिराटनगर महानगरपालिकामा आज हुने मतदान प्रकृयाबाट ९७ जना जनप्रतिनिधि चुनिने छन् । बिराटनगरमा ११९ वटा मतदान स्थल छन् । जिल्लामा ३ सय मतदानस्थल र ६६९ मतदान केन्द्र तोकिएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारी अनुसार निर्वाचन सम्पन्न गराउन ४ हजार १५ कर्मचारी परिचालित छन् ।

पूर्वमन्त्रीहरुको भीड

बिराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट ७ जना पूर्वमन्त्रीले मतदान गर्दैछन् ।

पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरीराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्दैर्छन् ।

सुजाता कोइरालाले बिराटनगरस्थित आदर्श स्कुल मतदान केन्द्र र डा. मिनेन्द्र रिजालले पोखरिया स्कुल मतदान केन्द्रबाट मतदान गदर्ैैछन् । त्यस्तै महेश आचार्यले जनता स्कुल, गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्र र सांसद शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्ने दलले जनाएका छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले बिराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नेछन् ।

बिराटनगरबाट मत दिने अन्य नेताहरुमा डा. डिला संग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी अञ्चल इञ्चार्ज जीवन घिमिरेले तीनटोलिया र गुरु बरालले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट भोट हाल्नेछन् । डा. शिवमाया तुम्बाहाम्फेले उर्लाबारी नगरपालिकाबाट मतदान गर्नेछन् ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय नेताले पनि मोरङका विभिन्न स्थानमा मतदान गर्नेछन् । केन्द्रीय सदस्य शिवकुमार मण्डलले पनि मोरङबाट नै मतदान गर्नेछन् भने केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले डाँगिहाट मतदान केन्द्र, केन्द्रीय आयोजक तथा सल्लाहकार टंक गिरीले बिराटननगर १३, कुशल लिम्बुले मिक्लाजु मतदान केन्द्र र पोलिटब्युरो सदस्य होम कार्कीले बिराटनगरबाट मतदान गर्नेछन् ।

कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्वुले लेटाङ मतदान केन्द्रवाट र एमाले संसद चण्डी राईले पथरी मतदान केन्द्रबाट मत हाल्ने छन् । अर्का एमाले सांसद चन्द्रबहादुर गुरुङले सुन्दर हरैंचा नगरपालिकाबाट मतदान गर्दैर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment