Comments Add Comment

पानी परेपछि दाङमा मतदान प्रभावित, विद्यालय कोठाभित्र मतदानको व्यवस्था

पानीले प्रभावित भएपछि बिद्यालयभित्र मतदानको व्यवस्था गरिँदै

१४ असार, दाङ । दाङ देउखुरीको लमहीमा पानी परेर मतदान प्रभावित भएको छ । लमही नगरपालिका ६ दुमदुमा केन्द्रमा विद्यालयको कोठाभित्र मतदानको व्यवस्था मिलाइएको छ ।

बाहिर चौरमा मतदानको तयारी गरिए पनि पानी परेर सम्भव नभएपछि मतपेटिका सहितका निर्वाचन सामाग्री कोठाभित्र राखिएको छ । कर्मचारीहरु पनि विद्यालयको कोठाभित्र बसेका छन् ।

बाहिर चौरमा मतदाताहरु रुझ्दै लाइनमा बसेका छन् । कतिपयले छाता ओढे पनि ठूलो पानी परिरहेकाले समस्या परेको गुनासो गरेका छन् ।

छाता ओढेर मतदानका लागि पालो कुरिरहेका मतदातासमक्ष उम्मेदवारहरु भने पानीमा रुझ्दै मत मागिरहेका छन् ।

पानीमा रूझेर मत माग्दै उम्मेदवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment