Comments Add Comment

रुपन्देहीमा पनि मतदान सुरु, मतदान शान्तिपूर्ण (फोटो फिचरसहित)

१४ असार, भैरहवा । रुपन्देही जिल्लामा पनि स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । २० वर्ष पछि भइरहेको चुनावमा मताधिकार उपयोग गर्न मतदाता पनि उत्साहित देखिन्छन् ।

जिल्लाको २ सय ७ मतदान स्थलको ५ सय ३९ वटा केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको एउटा मतदान स्थलमा वर्षाको पानी जमेको कारण मतदान सुरु नभएको प्रजिअ सिंहले बताए । उनले उक्त स्थलमा केही समयमा मतदान सुरु हुने बताउँदै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताए ।

अहिले भैरहवा क्षेत्रको मौसम शीतल छ । वर्षा नभए दिउँसो १२ बजे सम्म जिल्लामा ५० प्रतिशत मत खस्ने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

जिल्लामा कुल ४ लाख ६४ हजार ३ सय ५४ मतदाता रहेका छन् । जिल्लामा ८ सय ७ पदका लागि ४ हजार ४ सय १३ जना उम्मेदवारी परेको छ ।

जिल्लामा २ सय ८ मतदान स्थल र ५ सय ४३ वटा केन्द्रहरु रहेको छ । तर जिल्लाको कोटहीमाई गाउँपालिकामा माओवादी केन्द्रको सदस्य पदको उम्मेदवारको मृत्यु भएपछि एउटा वडामा रहेको ४ वटा केन्द्रको निर्वाचन स्थागित गरिएको छ ।

र, उक्त वडामा चुनाव यही असार १६ गते हुने निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

सबै तस्वीरः सलमान खान/अनलाइनखवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment