Comments Add Comment

भोट हाल्न लाइनमा बसेका एक जना मतदाताको मृत्यु

१४ असार, झापा । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।

दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो ।

उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनी बिरामी थिए ।

(क्षमा याचना- यसअघि प्रकाशित समाचारमा अन्य व्यक्तिकाे  तस्वीर पर्न गएकाले क्षमा याचनासहित सच्याइएकाे छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment