Comments Add Comment

मुस्लिम समुदायका मतदातामा उत्साह (तस्वीरसहित)

१४ असार, भैरहवा । रुपन्देहीको पश्चिम दक्षिणी क्षेत्रको मर्चवार क्षेत्रमा मुस्लिम समुदायका मतदातामा उत्साह देखिएको छ । उनीहरुले उत्साहपूर्वक मतदान गरिरहेका छन् ।

मर्चवारको क्षेत्र अन्र्तगत ३ वटा गाउँपालिका कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका पर्दछ । यो राष्ट्रिय जनता पार्टी -राजपा) का केन्द्रीय उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लाको पकड क्षेत्र मानिन्छ ।

यो मधेसी समुदायको बाहुल्यता क्षेत्र पनि हो । यी तीन वटै गाउँपालिकामा राजपाका नेताहरुले प्यानल सहितको स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा राजपाका कार्यकर्ताहरु उत्साह पूर्वक मतदान गरिरहेको बुझिएको छ ।

मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिकामा उत्साहपूर्वक मतदान गर्दै मतदाताहरु  :

तस्वीर  : सलमान खान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment