Comments Add Comment

एमाले नेता कुर्मी फोरममा प्रवेश, पैसा लिएर मेयरको टिकट बेचेको आरोप

१४ असार, वीरगञ्ज । नेकपा एमाले पर्साका नेता सुन्दर कुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट दिने सर्तमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पार्टीमा भित्र्याएपछि कुर्मी रुष्ट बनेका हुन् ।

जिल्लाले मेयरमा कुर्मीसँगै तीन जनाको नाम नाम सिफारिस भएको थियो र उनी प्रमुख दावेदार थिए ।

फोरम प्रवेश कार्यक्रममा कुर्मीले एमालेका कार्यकर्ता पार्टी, मधेस र मधेसीप्रति इमान्दार रहेपनि नेतृत्व वर्गमा इमान्दारिता नदेखिएको बताएका छन् ।

उनले भने, ‘पार्टीमा योगदान भएकाहरुको रायलाई नजरअन्दाज गर्दे वीरगञ्जमा मेयरको टिकट पैसा लिएर दिने काम भएपछि एमालेबाट हाम्रो मोह भंग भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment