Comments Add Comment

पाल्पाको बगनासकालीमा एक मतदाताको मृत्यु

१४ असार, तानसेन । पाल्पाको बगनासकालीमा एक मतदाताको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका वडानम्बर ६ यम्घाका ८० वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको हो ।

भोट हाल्न भनेर घरबाट हिँडेको केहीबेरमै उनी बाटोमा लडेको र लडेकै स्थानमा मृत्यु भएको स्थानीय मथुरा ढकालले जानकारी दिए ।

यसैगरी झापाको दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको पनि आजै मृत्यु भएको छ । सरस्वती मावि मतदान केन्द्रबाट भोट हाल्न लाइन बसेकै बेला उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment