Comments Add Comment

मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित

१४ असार, लिवाङ । रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएका छन् । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो ।

एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ । एसिडले चारवटा मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment