Comments Add Comment

छाता ओढेर मतदान गर्दै अर्घाखाँचीबासी


१४ असार, अर्घाखाँची । अर्घाखाँचीका धेरैजसो मतदान केन्द्रमा अर्घाखाँचीबासीहरु छाता ओडेर लाईनमा बसी मतदान गरिरहेका छन ।

विहानैदेखि सिमसिम पानी परेपनि उत्साहका साथ जिल्लाबासीले मतदान गरिरहेका छन ।

बिहान ७ बजेदेखि अर्घाखाँचीका सबै मतदान केन्ऽमा शान्तिपूर्ण रूपमा जिल्लाभर नै मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले बताए ।

यसैवीच अर्घा रज्स्थलमावी अर्घाबाट पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, पूर्व राज्यमन्त्री रेवती प्रसाद भुसाल, अर्घाखाँची आवासीय मावी बेलबाटीकाबाट पूर्ब मन्त्री मानबहादुर विकले मतदान गरेका छन ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले सन्धिखर्कमा रहेको बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछिन् ।

जिल्लाबासी सिमसिम पानी परे पनी उत्साहका साथ मतदान गर्न बिहानैदेखि लाइनमा बसिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment