१४ असार, बिराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले ‘लडाई’ गुमाएको प्रतिक्रिया दिएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले बुधबार बिराटनगर १४ मा रहेको स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले जनता उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएको बताएका छन् ।
स्थानीय चुनावमा जनताले लोकतन्त्रको अभ्यास गर्न पाएको र यसबाट जनता उत्साहित भएको उनले बताए । यादवले भने, कहाँ बहिस्कार ? झण्डै आधा किलोमिटर लाइन । जनता वडो उत्साहका साथ लाइन बसेर भोट हालिरहनु भएको छ ।’
राजपाको बहिस्कारबारे सोधिएको प्रश्नमा उनले भने, ‘दे लस्ट द ब्याटल भन्छ । नि यो संघर्ष उहाँहरुले गुमाउनु भयो ।’