Comments Add Comment

गर्मीमा पसिना आउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्

गर्मीमा पसिना बग्नु सामन्य हो । तर, सामन्यभन्दा बढी पसिना बग्नु समस्या हो । पसिनाले शरीरमा दुर्गन्ध पैदा गर्छ । काखी, खुट्टा गन्हाउँछ । यही कारण कतिले हिनतावोध समेत गरिरहेका हुन्छन् ।

महिलाको तुलनामा पुरुषहरुमा यो समस्या बढी हुने गर्छ । यस्तो समस्याबाट कसरी छुटकारा पाउने त ? यस्तो छ काइदा ।

१. दिनहुँ नुहाउने/लुगा फेर्ने

यदि तपाईंलाई पनि धेरै पसिना आउने समस्या छ भने दिनदिनै नुहाएको अवस्थामा पनि यो समस्याबाट छुटकारा पाउनुहुनेछ । साथै नुहाइसकेपछि भित्री बस्त्र फेर्न अनिवार्य छ । अन्यथा, त्यही लुगामा भएको पसिनाका कारण तपाईंको शरीरबाट अझ धेरै दुर्गन्ध आउने सम्भावना रहन्छ ।

२ . काखी गन्हाएमा

गर्मीमा काखी गन्हाउनु आम समस्या हो । यसको समाधान हो, फिटकिरी । काखीमा फिटकिरी रगड्ने गर्नुपर्छ, काखी गन्हाउने समस्या कम हुन्छ । विभिन्न डियोड्रेन्टको प्रयोगले पनि काखी गन्हाउने समस्यामा कमी आउँछ ।

३. खुट्टा गन्हाउने समस्या

गर्मीमा खुट्टा गन्हाउने समस्या पनि हुनसक्छ । यसबाट छुटकारा पाउन पनि फिटकिरी प्रयोग गर्न सकिन्छ । धेरै पसिना आउने ठाउँहरुमा फिटकिरी रगड्नुपर्छ, पसिना गन्हाउने समस्या स्वतः कम भएर जान्छ ।

पैतालाको कुनाकाप्चामा फिटकिरी दल्नाले यसले पसिना गन्हाउने समस्यालाई कम गर्छ । गर्मीमा खुट्टा गन्हाउने समस्याबाट छुटकारा पाउनका लागि मोजाको छनौटमा पनि ध्यान दिनुपर्छ । यसका लागि सुतीको मोजा उपयोगी हुन्छ ।

पसिना आउदाँ खुट्टा धुने गरेमा र हरेक दिन मोजा फेरेमा पनि मोजा गन्हाउने समस्या आफंै कम हुन थाल्छ । कागती पानीमा खुट्टा डुबाएर केहीबेर राख्नाले पनि खुट्टामा पसिना आउने तथा मोजा गन्हाउने समस्या कम भएर जान्छ ।

४. टाउकोमा चाया पर्ने समस्या

कतिपय मानिसमा पसिनाकै कारण टाउकोमा चाया पर्ने समस्या हुने गर्छ । यदि तपाईंहरुमा पनि यो समस्या छ भने तोरीको तेलमा दही मिसाएर लगाउनाले समस्या स्वतः कम भएर जान्छ ।

( यो सामग्री डा. अरुणा उप्रेतीसँगको कुराकानीमा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment