Comments Add Comment

दाङको तुलसीपुरमा बम विष्फोट, मतदान जारी

अनुमति नलिइ चलाएका ६५ बढी सवारी साधन प्रहरी नियन्त्रणमा

फोटो : शरद रेग्मीबाट

१४ असार, घोराही । दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।

विष्फोट पछि केहीबेर मतदान रोकिए पनि अहिले निर्वाधरुपमा मतदान चलिरहेको छ ।

विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएपछि ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

घोराही उपमहानगरपालिका-१० गिठेपानीमा पनि बिष्फोटक पदार्थ भेटिएको सूचना पाएपछि सुरक्षाकर्रमीको टाेली त्यसतर्फ गएको छ ।

यसैबीच सवारी सञ्चालन अनुपत्र बिनै चलाइएका ६५ बढी सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीबाट एउटा कार, ४८ मोटरसाइकल र १५ रिक्सालाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment