Comments Add Comment

बन्ने भयो ‘देश-परदेश’, प्रेम र सारिकाको जोडी पर्दामा


एक दशक भन्दा अगाडि चलचित्र ‘देश-परदेश’ निर्माण भएको थियो । नायक धिरेन शाक्यको यो चलचित्रले निकै राम्रो व्यापार पनि गर्‍यो । अब, यही नाम सापटी लिएर निर्देशक राजु गिरीले चलचित्र निर्देशन गर्ने भएका छन् ।

काठमाण्डौमा आज आयोजित कार्यक्रममा राजु गिरी प्रोडक्शन र सोनी फिल्मस्को संयुक्त प्रस्तुतीमा बन्न लागेको यो चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रमा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा प्रेम सोनीको कथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागाँइको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रको छायांकन असार २२ गतेबाट सुरु हुनेछ ।

कार्यक्रममा बोल्दै कलाकार प्रेम सोनीले राम्रो बिषयवस्तुका कारण आफू अभिनय र निर्माणमा अग्रसर भएको बताए । यस्तै, नायिका सारिका केसीले चलचित्रको कथावस्तुले मन छोएपछि काम गरेको सुनाइन् । उनले, आफू गाउँकी एक सामान्य यूवतीको भूमिकामा चलचित्रमा देखिने बताइन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले क्ल्याप हानेका थिए भने चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले मुहुर्त सर्टको निर्देशन गरेका थिए । हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङले नरिबल फोडेका थिए ।

निर्देशक राजु गिरीले यस अगाडि आफूले जे जस्ता चलचित्र बनाएपनि अब परिवर्तन भएको भन्दै ‘देश-परदेश’ विशुद्ध नेपाली परिवेशको चलचित्र हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment