Comments Add Comment

विप्लवको बहिस्कारले थवाङलाई छोएन, मतदानमा उत्साहजनक सहभागीता

मध्यान्हसम्म ५० प्रतिशत भोट खस्यो, चुनाव शान्तिपूर्ण

१४ असार, रोल्पा । दोस्रो संविधानसभा चुनावमा एउटा पनि मत नखसालेका रोल्पाको थवाङ्गी जनताले स्थानीय चुनावमा भने उत्साहजनक रुपमा मतदानमा भाग लिएका छन् ।

मध्यान्हसम्म थवाङमा ५० प्रतिशत मत खसिसकेको निर्वाचन अधिकृत कमलबहादुर विष्टले जानकारी दिए ।

थवाङमा २ हजार ७३८ पुरुष र १ हजार १ सय १५ महिला गरी जम्मा मतदाता ५ हजार ८५३ जना छन् ।

निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले समेत चुनावमा भाग लिएपछि थवाङको चर्चा थप चुलिएको छ । थवाङ गाउँपालिकामा नेकपाबाट अमित घर्ती अध्यक्षको उम्मेदवार छन् । नेकपासँग तालमेल गरेको कांग्रेसले उपाध्यक्षमा श्रीकुमारी रोकालाई उम्मेदवार बनाएको छ ।

एमालेबाट अध्यक्ष हितबहादुर रोका र उपाध्यक्षमा जनरोका उम्मेदवार छन् । माओवादी केन्द्रबाट अध्यक्षमा बिरबहादुर घर्ती ‘वियोग’ र उपाध्यक्षमा रामकिरणी रोकामगर उम्मेदवार छन् ।

सिंहदरवारको अधिकार गाउँमै आएको अवसरलाई थवाङ्गी जनताले सदुपयोग गरिरहेका छन् । उनीहरुले आफ्नो प्रतिनिधि आफै चुन्न लामबद्ध भएर भोट खसालिरहेका स्थानीय मौसम रोकाले जानकारी दिए ।

अप्रिय घटना हुन नदिन थवाङको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिलेसम्म चुनाव शान्तिपूर्ण रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तस्वीर: मौसम रोकामगर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment