Comments Add Comment

सुदूरपश्चिममा नेताहरुले गरे मतदान

१४ असार, कञ्चनपुर । दुई दशकपछि आज भइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सुदूरपश्चिमभर अहिलेसम्म शान्तिपूर्ण छ ।

बिहान भएको वर्षाका कारण केहीबेर कैलाली र कञ्चनपुरमा सामान्य प्रभावित बने पनि मतदान गर्न हौसिएका मतदाता पानीको प्रवाह नगरी मतदानस्थल पुगेका छन् । यहाँका सात पहाडी जिल्लामा पनि शान्तिपूर्ण वातारणमा मतदान भइरहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले बताए।

“सबै जिल्लामा शान्तिपूर्ण माहोलमा मतदान भइरहेको छ”, उनले भने, “मतदानस्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।”

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा सक्रिय रहनुभएका विभिन्न राजनीतिक दलका नेताले समेत आ–आफ्नो मतदानस्थल पुगेर मतदान गरेका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला अछाम पुगेर नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मतदान गरेका छन् । उनले साफेँबगर नगरपालिका–६ स्थित चन्द्रोदय आधारभूत माविमा रहेको मतदानस्थल पुगेर मतदान गरे । उनले सो मतदान केन्द्रमा पहिलो मतदान गरेको युवा सङ्घ नेपालका केन्द्रीय सचिब वचनबहादुर सिंहले जानकारी दिए ।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको महाकाली नगरपालिका–५ मा रहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय परिसरमा रहेको मदतान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आज बिहान मतदान गरेका छन् भने कांग्रेसकै केन्द्रीय सदस्य नारायणप्रकाश साउदले भीमदत्तनगरपालिका–२ उल्टाखामस्थित सरस्वती माविमा पुगेर मतदान गरेका छन् ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीको अत्तरिया नगरपालिका–१ स्थित घण्टेश्वर माविमा रहेको मतदानस्थलमा पुगेर मतदान गरेका छन्।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले बैतडीको सुर्नया गाउँपालिका–२ वासुदेव माविमा पुगेर मतदान गरेको राप्रपाका नेता हेमबाबु लेखकले जानकारी दिए ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment