Comments Add Comment

बर्दियामा १२ बजेसम्म ५० प्रतिशत मत खस्यो


१४ असार, बर्दिया । २ लाख ५३ हजार १ सय ८५ मतदाता रहेको बर्दियामा १२ बजेसम्म ५०.७५ प्रतिशत मत खसेको छ ।

जिल्लाका ८ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।

हालसम्म सबैभन्दा बढी मत गेरुवा गाउँपालिकामा खसेको छ । गेरुवामा ५०.५ प्रतिशत मत खसिसकेको शर्माले बताए ।

हिहान ७ वजेदेखि सुरु भएको मतदानमा घाम, वर्षा र रोपाईको प्रवाह नगरी मतदाताहरु उत्साहजनक रुपमा सहभागी भएका छन् ।

जिल्लाका सार्वजनिक भवन र विद्यालय परिसरमा रहेका १ सय ५३ मतदान स्थलका ३ सय १४ वटै मतदान केन्ऽमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको मुख्य निर्वाचन कार्यालय गुलरियाले जनाएको छ ।

जिल्लास्तरीय सुरक्षा समितिले सीमावर्ती क्षेत्रका ५३ अतिसंवेदनशस्ल, राजपा र विप्लव समूहको गतिविधि हुनसक्ने ४२ सवेदनशील र ५८ सामान्य मतदानस्थलमा निर्वाचन शान्तिपूर्णरुमा भैरहेको छ ।

बर्दियामा ८ वटा स्थानीय तहमा रहेका ३ सय ९१ पदका लागि १ हजार ९ सय ४१ जना चुनावी उम्मेदवार प्रतिस्पर्धी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment