Comments Add Comment

गुल्मीका मतदाताले भने-‘जसले जिते पनि घरदैलोमा सरकार ल्यायौं’

१४ असार, गुल्मी । स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहजनक मतदान भइरहेको छ ।

जिल्लामा रहेका १२ वटा स्थानीय तहमा उत्साहजनक रुपमा मतदाताहरु उपस्थित भएर मतदान गरिरहेका छन् ।

मतदान स्थलमा पुगेका मतदाताहरुले मत दिएर फर्किदै गर्दा जसले जिते पनि घरदैलोमा सरकार ल्याएको प्रतिक्रिया दिएका छन् ।

इस्मा गाउँपालिका गुल्मीकी ७२ वर्षीय सेमकली नेपालीले भनिन, ‘हामीले घरदैलोमा सरकार आउँछ भन्ने सुनेका थियौ,मत दियौ जसले जिते पनि घर दैलोमै सरकार ल्यायौं ।’

मतदान स्थलबाट फिर्किएका अधिकांश मतदाताहरुको एउटै स्वर थियो-‘हामीले घर दैलोमा सरकार आयो ।’ जिल्लामा १ सय ३८ केन्द्रका २ सय ४० मतदान स्थाल रहेका छन् ।

जिल्लाका सबै मतदान स्थलहरुमा उत्साहजनक रुपमानै मतदाताहरु उपस्थित भएर मतदान गरिरहेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

जिल्लाका कुनै पनि मतदान केन्द्रमा अपि्रय घटना भएका छैनन् । बिहानी समयमा केही ठाउँमा सामान्य पानी परे पनि दिउँसोको समयमा भने घाम लागिरहेको छ ।

पानी पर्न थालेपछि मतदान स्थलहरुमा त्रिपालको ब्यवस्था गरिएको छ । यो समाचार तयार पार्दासम्म गुल्मीमा ४० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment