Comments Add Comment

मौन समयमा पत्रकार सम्मेलन गरेको भन्दै ओलीलाई निर्वाचन आयोगको पत्र

१४ असार, काठमाडौं । निर्वाचन आयोगले मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काटेको छ । साथै प्रेस चौतारीलाई समेत आयोगले स्पष्टीकरण सोधेको छ ।

मौन समय चलिरहेका बेला चौतारीको आयोजनामा ओलीले सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेका थिए । आचार संहिता विपरीत पत्रकार सम्मेलन गरेको भन्दै ओलीविरुद्ध उजुरी परेको थियो ।

आयोगले यसबारे के भएको हो भन्दै ओलीलाई पत्र पठाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनलाइनखबरसँग भने, ‘पूर्वप्रधानमन्त्रीलाई के भएको हो भनेर पत्र पठाइएको छ । प्रेस चौतारीलाई स्पष्टीकरण सोधिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment